प्रलोभन देखाएर ठगी गर्ने भारतीय पक्राउ

समाधान संवाददाता २०७६ वैशाख ११ गते १२:१७

समाधान संवाददाता, वालिङ

भारतबाट नेपालमा आई ठगी कार्य गर्नेको संख्या बढेको छ । ग्रामीण भेगका स्थानीयलाई प्रलोभन देखाएर ठगीमा सक्रिय बन्ने गरेको हो ।

प्रलोभन देखाउने नाममा चिठ्ठा बेच्ने, हात हेर्ने, ठूला रोगको उपचार गराउने वा सेवाको नाममा सुन सफा गरिदिने वा ग्याँस चुल्हो बनाइदिने भन्दै घरघरबाट ठगी गर्दै आएका हुन् । स्याङ्जा चापाकोट नपा ५ आँम डाँडामा २ भारतीयले रसायन प्रयोग गरी सुनको सिक्री सफा गर्ने भन्दै सुनको मात्रा चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

स्थानीय इन्द्रकुमारी मानन्धरको २ तोलाको सिक्रीबाट सुनको केही मात्रा निकालेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए । सूचनाको आधारमा भारत झारखण्ड प्रदेश गोड्डा जिल्ला मागहमा ४ का ३८ वर्षीय तेवारी शाह र ३३ वर्षीय असर्फी शाह रासायनियक पदार्थ र ठगी लगेको सुनको मात्रासहित पक्राउ परेको प्रहरीले बताएको छ ।

पक्राउ परेकालाई ठगी शीर्षकमा मुद्धा दर्ता गरि ३ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

Advertisement

गत माघ १७ गते अर्जुन चौपारी गापा हुँदै आँधिखोला गापासम्म चिठ्ठाको नाममा इनामी कार्ड र स्क्र्रयाच कार्ड बेच्दै ठगी गर्ने ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । स्थानीय महिलालाई ३ सय र ४ सयका चिठ्ठा बेच्दै ठग्ने भारतीय बिरुद्ध कार्वाही हुनुपर्ने उजुरी ट्वीटरमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उजुरी परेपछि ३ जना भारतीय आँधीखोला गापा १ पञ्चमुलबाट पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया