ताप्लेजुङमा १२५ थान भरुवा बन्दुकसहित अन्य हतियार बरामद

समाधान संवाददाता २०७६ वैशाख ११ गते १३:३९

समाधान संवाददाता, काठमाडाैं

प्रदेश नम्बर १ का विभिन्न जिल्लाबाट एक महिनामा २०५ नाल हतियार बरामद भएका छन् ।

सरकारले हतियार बुझाउन भनेपछि प्रहरीले संकलन थालेको थियो । हातहतियारमध्ये १३० नाल सर्वसाधारणहरूले बुझाएका हुन् । ७५ नाल विभिन्न स्थानहरूबाट बरामद गरिएको एक नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

Advertisement

विप्लव माओवादीलाई प्रतिबन्ध घोषणापछि सरकारले भएका हतियार बुझाउन सम्बद्ध पार्टी तथा सर्वसाधारणलाई अपिल गरेको थियो ।

सर्वसाधारणले बुझाएका हातहतियार अधिकांश भरुवा बन्दुक रहेका छन् । बुझाएका हातहतियारमध्ये ९५ नाल वैध हतियार रहेका छन् भने बाँकी ३५ नाल नवीकरण तथा दर्ता नगरेका अबैध हतियार छन् ।

Advertisement

संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियारमध्ये सबैभन्दा बढी १६७ नाल भरुवा बन्दुक छन् । यसैगरी, एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाइनिज पेस्तोल २ नाल र ९ थान नाल छन् ।

प्रदेश १ मा सबैभन्दा बढी ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले हतियार संकलन गरेको छ । ताप्लेजुङ जिल्लामा मात्र ४० जनाले आफूसँग भएका लाइसेन्स प्राप्त हातहतियार बुझाएका छन् । ८५ थान हतियार अवैध रहेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले बताए । 

यसैगरी, पाँचथरमा ३५ नाल, तेह्रथुममा २८ नाल, मोरङमा १५ नाल, इलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका छन् । वैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पाँच वर्षमा जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने प्रावधान छ । पाँच वर्षमा नवीकरण नगरे स्वतः अबैध हुने प्रावधान छ ।

तपाईको प्रतिक्रिया