ट्रम्पले गुमाए ट्वीटरमा २ लाख ४ हजार फलाेअर, सिइओलाई सोधेः मेरा फलोअर किन घटे ?

एजेन्सी, वासिङ्गटन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरका प्रमुख कार्यकारी (सिइओ) ज्याक डोर्सिलाई भेटेर आफ्ना फलोअर किन घटे भन्दै सोधेका छन्।
उक्त भेटमा उपस्थित एकजनाले बताए अनुसार डोर्सिले ट्वीटरले केही फेक अकाउन्ट हटाउने काम गरिरहेकाले चर्चित व्यक्तिका फलोअर घटेको जवाफ दिएका थिए। उनले आफ्नै फलोअर पनि घटेको बताए।
ट्वीटरले आफूलाई पक्षपात गरेको आरोप लगाउँदै आएका ट्रम्पले डोर्सिसँग मंगलबारको भेट धेरै राम्रो भएको भन्दै ट्वीट गरेका छन्।
‘ट्वीटरका ज्याकसँग ह्वाइटहाउसमा भएको भेट धेरै राम्रो भयो। उनीहरूको कम्पनी र सामाजिक सञ्जालको संसारबारे धेरै विषयहरू छलफल भयो,’ ट्रम्पले ट्वीट गरेका छन्। उनको जवाफमा ट्वीटरका सिइओ डोर्सिले धन्यवाद दिँदै लेखेका छन- ट्वीटर सार्वजनिक बहसका लागि हो। हामीले यो बहसलाई अझै स्वस्थ र सभ्य बनाउन चाहन्छौं।
ट्वीटरले परम्परावादीप्रति भेदभाव गर्छ भनेर आरोप लगाएको केही घण्टामै उनले डोर्सिलाई भेटेका हुन्। भेट भने गत हप्ता तय भएको थियो।
आफ्ना फलोअर घटेपछि ट्रम्प रूष्ट थिए। सामाजिक सञ्जाल अध्ययन गर्ने एक कम्पनीले जनाएअनुसार ट्रम्पले २ लाख ४ हजार अर्थात ०.४ प्रतिशत फलोअर गुमाएका छन्।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया