ग्यास व्यवसायीको कमिशन बढ्यो, निगमले वार्षिक ९६ करोड खर्च गर्ने

समाधान संवाददाता, काठमाडाैं
पेट्रोलियम पदार्थको नियमन गर्ने निकाय नेपाल आयल निगमले ग्यास व्यवसायीको कमिशन बढाएको छ ।
व्यवसायीको लगानी र खर्च बढेको आधारमा कमिशन बढाएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए ।
‘विगत ४,५ वर्ष देखि ग्यास व्यवसायीको कमिशन बढेको थिएन । अहिले उनीहरूको खर्च र लगानी बढ्दै गएपछि २८ रूपैयाँ कमिशन बढाएका छौं,’ उनले भने, ‘यस वापत निगमले वार्षिक ९६ करोड खर्च गर्ने छ ।’
उनका अनुसार सो कमिशनको कार्य आज बिहीबारबाट लागू हुने भएको छ । उक्त कमिसन उपभोक्तालाई तत्काल भार नपर्ने गरी पेट्रोल र डिजेलको मूल्यमा समायोजन गरिने निगमले जनाएको छ ।
कुन कुन शिर्षकमा थपियो कमिशन
यसअघि निगमले १ सिलिण्डर ग्यास बराबर प्रशासकीय खर्च वापत ५२ रुपैयाँ ५४ पैसा स्थानीय ढुवानी खर्च वापत २९ रुपैयाँ २० पैसा बाह्य ढुवानी खर्च ८७ रुपैयाँ प्रविधि नोक्सानमा १ रुपैयाँ ३९ पैसा, उद्योगीको कमिसन ३० रुपैयाँ ५५ पैसा र विक्रेताको कमिसन ३२ रूपैयाँ तिर्दै आएको थियो ।
आजबाट ग्यास व्यवसायीको प्रशासकीय खर्चमा १३, स्थानीय ढुवानी खर्चमा ८, उद्योगीको मुनाफा २ र बिक्रेताको कमिसनमा ५.४७ रूपैयाँ (भ्याट सहित) बढेको छ ।
सरकारले आफुहरूले राखेको माग पुरै रूपमा पुरा नभएको एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष गोकुल भण्डारीले बताएका छन् । ‘सरकारले बाह्य ढुवानी खर्च र प्राविधिक खर्च बढाएको छैन । यतिले मात्र हाम्रो माग पुरा हुँदैन’, उनले भने ।
केही समय यता आफ्ना माग पूरा नभएको भन्दै ग्यास व्यवसायीले आन्दोलन गरेका थिए । सरकारले आफूले पाउँदै आएको कमिशनमा ५ रूपैयाँ मात्रै बढाउँदा पनि केही सहज भएको बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले बताएका छन् ।
‘यसअघि प्रतिसिलिन्डर कमिशन ३२ रुपैयाँ थियो । अहिले भ्याट सहित ५.४७ पैसा बढेर ३७.४७ रुपैयाँ पुगेको छ । यसले व्यवसायीलाई केही राहत पुगेको छ’, उनले भने ।








एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
माइडियाका ग्राहकलाई मुम्बई यात्रा उपहार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया