२०७२ काे भुकम्पकाे स्मृतिमा पिएनका विद्यार्थीहरुकाे र्याली

समाधान संवाददाता २०७६ वैशाख १२ गते १६:२५

समाधान संवाददाता, पाेखरा

२०७२ वैशाख १२ गते गएकाे विनाशकारी भुकम्पकाे स्मृति दिवसमा पृथ्विनारायण क्याम्पसबाट सचेतना मुलक र्याली निकालिएकाे छ ।

भुगर्व विज्ञान अध्ययनरत विद्यार्थीहरुकाे समुह जियाे सर्कलकाे नेतृत्वमा उक्त र्याली निकालिएकाे हाे ।

Advertisement

जियाे सर्कलका अध्यक्ष शिशिर पाैडैलकाे अध्यक्षतामा निकालिएकाे र्याली क्याम्पस गेट हुँदै विन्दवासिनी मन्दिर परिसर, मिरुवा, हरिचाेक, सिम्पानि हुँदै पुनः क्याम्पस गेटमा गई टुङ्गिएकाे थियाे ।

र्यालीमा विद्यार्थीहरुले भुकम्पबाट कसरी बच्ने तथा सुरक्षित आवाशकाे निर्माण बारे नाराहरु प्रस्तुत गरेका थिए ।

Advertisement

उक्त कार्यक्रममा भुकम्पमा परी ज्यान गुमाएकाहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै माैन धारण गरिएकाे सहभागी राेशन अधिकारी र स्वस्तिक सुवेदीले जानकारी दिनुभयाे ।

तपाईको प्रतिक्रिया