दुई महिनादेखि अस्पतालको किचन बन्द, बिरामीले खानै पाएनन्

समाधान संवाददाता २०७६ वैशाख १२ गते १७:०८

राकेश शर्मा

म्याग्दीको जिल्ला अस्पताल बेनी अस्पतालकाको भान्सा बन्द भएको २ महिना भन्दा धेरै भयो । सो अस्पतालका विरामीले अस्पतालले उपलब्ध गराउने निःशुल्क खाना खान पाएका छनन् । बिगतमा ठेक्का मार्फत बिरामीले बिहान बेलुकी गरि दिनको दुई पटक निशुल्क खाना खान पाउने व्यबस्था भएता पनी दुइ महिना यता बिरामीले खाना घरबाट वा बाहिरबाट लिएर खाने गरेका छन् ।

फागुन महिना देखी अस्पतालमा भर्ना भएर बस्ने बिरामीले खाना खान नपाएका हुन् । अस्पतालले भर्ना भएर बस्ने बिरामीको लागी अण्डा, दुध, भात लगाएत चाट खानाको निशुल्क ब्यवस्था गर्नुपर्दछ । तर दुई महिना देखी बिरामीले बाहिरबाट खाना लिएर खानु पर्ने बाध्यता रहेको छन ्। सरकारले उपलब्ध गराउने सुविद्याबाट समेत बन्चित गरेको बिरामीहरुको गुनासो आएका छ ।

बिरामी भएर राम्रो संग उपचार गर्न नसक्ने गरिव तथा अन्य बिरामीले यदी खाना खान चाहेमा अस्पतालमा निशुल्क खानाको व्यवस्था गर्नुपर्दछ । बिशेष गरेर गरिव परिवारका बिरामीहरुले बाहिरबाट खाना किनेर खार्नुपर्ने बाध्यताले मर्कामा परेका छन् । पहिले ठेक्का मार्फता खाद्यान्न लिएर अस्पतालमा कार्यालय सहयोगी राखेर बिरामीहरुको लागी खाना बनाउने गरेता पनी अहिले त्यो सुविद्या छैन ।

Advertisement

अस्पताल विकास समितिले समयमा नै समस्याको समाधान गर्न नसक्दा गाउँ गाउँबाट आउने बिरामीहरु निकै मर्कामा परेका छन । समितिले बिरामीले खाने खाना जस्तो कुरामा पनी बेवास्ता गरेको छ । बिरामी भएर कम खर्चमा निको हुने आशामा आएता पनी अस्पतालले निशुल्क उपलब्ध गराउने सुविद्याबाट बन्चित भएका छन् ।

‘विगत ५ बर्ष देखी मैले नै अस्पतालका बिरामीको लागी खाद्यान्न पुर्याएको थिए, अहिले मेरो सम्झौता सकियो’ ठेकेदार रघुनाथ शर्माले भने । ‘मेरो गत पुस मसान्त सम्म मात्र सम्झौता थियो, सम्झौता सकिएपनी अस्पतालका डाक्टर, र बेनी नगरपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतको आग्रहमा मैले खाद्यान्न लगेको थिए’ शर्माले भने, बिना सम्झौता खाद्यान्न लादा पछी भुक्तानीमा असजिलो हुने भएकाले मैले खाद्यान्न रोकेको हुँ’ ।
अस्पताल विकास समितिका अध्यक्ष बेल बहादुर कटुवालले भने बिरामीको समस्यालाई नै मध्यनजर गरेर वुधबार देखी नै खाना व्यवस्था मिलाएको बताए । ‘दुई महिना देखी विविध कारणले हामीले बिरामीलाई खाना दिन सकेका थिएनौँ’ उनले भने वुधवार बेलुकी देखी बिरामीेले निशुल्क रुपमा खाना पाउछन् । बेनी नगरपालिको प्रक्रियामा केही ढिलाई गर्दा यस्तो समस्या आएको हो । असार सम्मको तिन महिनाको अवधिमा ठेक्का मार्फत नभई अस्पतालको तर्फबाट नै खाना खुवाउने ब्यवस्था मिलाएका छौ । तर अस्पतालमा एक महिनाको लागी भएता पनी ठेक्का मार्फत नै खाना खुवाउनु पर्छ । खाना खुवाउने संस्था भ्याटमा गएको र अनुमति लिएको हुनुपर्ने भएता पनी अस्पतालले अहिले त्यस्तो केही नहेरी बिरामीलाई बिना टेन्डर नै खाना खुवाउने जनाएको छ । अस्पतालका विकास समितिका अध्यक्षले वुधवार देखी नै खाना खुवाउने भनेता पनी अस्पतालको किचन भने बन्द रहेको छ । आज देखी अध्यक्ष ज्यूले खाना बनाउने भन्नुभएको छ, तर खाद्यान्न कहाँबाट ल्याउने भन्ने कुनै कुरा थाहा नभएको कर्मचारीहरुले बताउछन् ।

Advertisement

तपाईको प्रतिक्रिया