स्याङ्जामा ५ जना औलो रोगी फेला

समाधान संवाददाता, स्याङ्जा
स्याङ्जामा मलेरिया (औलो) रोगको रोगी फेला परेको छन् । गत आर्थिक वर्षमा ६ जना भेटिएकामा यस आर्थिक वर्षको चैत मसान्त सम्ममा ५ जना बिरामी भेटिएका हुन् ।
सामाजिक विकास मन्त्रायल स्वास्थ्य निर्देशनालयले औलो दिवसको अवसरमा बिहीबार पुतलीबजार नगरपालिकामा भएको अन्तक्र्रियामा डा. काशी खतिवडाले गण्डकी प्रदेश अन्तर्गत कास्कीमा औलो पीडित धेरै रहे पनि स्याङ्जा सामान्य अवस्थामा रहेको बताए । उनले औलोका मुख्य प्रभावित कास्की र रुपन्देहीको बीचमा रहेको स्याङ्जा सुरक्षित भने हुन नसक्ने बताए ।
गर्मी र पानी पर्ने समयमा धेरै मलेरियाका रोगी भेटिने बताउँदै डा खतिवडाले मानिस आवत जावतमा मलेरिया रोगी आउने र यहाँका नागरिकमा सर्ने बताए । बिरामीमा काम ज्वरो हुँदै उच्च ज्वरो र पहिलाको अवस्थामा आउने, रुखा खोकी लाग्ने, गाइरिया, वान्ता हुने बताए । मलेरिया पोथी जातको एनाफेलेक्स जातको लामखुट्टेबाट सर्ने रोग हो । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्माले सचेत बन्न नागरिकलाई आग्रह गरे ।








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया