स्याङ्जामा ५ जना औलो रोगी फेला

समाधान संवाददाता २०७६ वैशाख १३ गते १४:०९

समाधान संवाददाता, स्याङ्जा

स्याङ्जामा मलेरिया (औलो) रोगको रोगी फेला परेको छन् । गत आर्थिक वर्षमा ६ जना भेटिएकामा यस आर्थिक वर्षको चैत मसान्त सम्ममा ५ जना बिरामी भेटिएका हुन् ।

सामाजिक विकास मन्त्रायल स्वास्थ्य निर्देशनालयले औलो दिवसको अवसरमा बिहीबार पुतलीबजार नगरपालिकामा भएको अन्तक्र्रियामा डा. काशी खतिवडाले गण्डकी प्रदेश अन्तर्गत कास्कीमा औलो पीडित धेरै रहे पनि स्याङ्जा सामान्य अवस्थामा रहेको बताए । उनले औलोका मुख्य प्रभावित कास्की र रुपन्देहीको बीचमा रहेको स्याङ्जा सुरक्षित भने हुन नसक्ने बताए ।

Advertisement

गर्मी र पानी पर्ने समयमा धेरै मलेरियाका रोगी भेटिने बताउँदै डा खतिवडाले मानिस आवत जावतमा मलेरिया रोगी आउने र यहाँका नागरिकमा सर्ने बताए । बिरामीमा काम ज्वरो हुँदै उच्च ज्वरो र पहिलाको अवस्थामा आउने, रुखा खोकी लाग्ने, गाइरिया, वान्ता हुने बताए । मलेरिया पोथी जातको एनाफेलेक्स जातको लामखुट्टेबाट सर्ने रोग हो । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जा अध्यक्ष ओमप्रकाश शर्माले सचेत बन्न नागरिकलाई आग्रह गरे ।

Advertisement

तपाईको प्रतिक्रिया