खुल्लामञ्च प्रकरणमा बच्न आरोप प्रत्यारोपमा उत्रे मेयर र उपमेयर

समाधान संवाददाता २०७६ वैशाख १४ गते ९:०१

समाधान, काठमाण्डौं

चर्चामा आएको राजधानीको खुलामञ्च जग्गा अतिक्रमणका सम्बन्धमा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद छ।

एकअर्कालाई आरोप–प्रत्यारोप गरेर अतिक्रमणका सम्बन्धमा उनीहरु आफू जोगिने प्रयत्नमा छन्। आफू अनुगमनको जिम्मा लिएको भनेर मेयर पन्छिन खोजेको आरोप उपमयेर खड्गीको छ।

Advertisement

‘पदको मर्यादा गर्नु भएन, उपमेयरलाई अनुगमनको जिम्मेवारी दिएको भन्नुभयो’, उनले भनिन्, ‘आजमात्रै मैले चिठी पाएकी छु।’ महानगरको विकास निर्माण, बजेट विनियोजनलगायत नियमित कार्यका लागि मात्रै आफू अनुगमन समितिको संयोजक भएको उनले बताइन्। ‘त्यस्तो संवेदशील विषयमा आधिकारिक जिम्मेवारी दिनु पर्दैन, उपमयेर अनुगमन गर्न जिम्मा लगाइएको छु भन्दै हिँड्न मिल्छ रु ’ उनले भनिन्।

मेयर शाक्यले भने अनुगमन समितिको संयोजकका हैसियतले उपमेयरले काम गर्ने सक्ने बताउँदै आएका छन्। रानापोखरी पुनर्निर्माणका विषयमा मेयर शाक्य र उपमेयर खड्गीबीच विवाद हुँदा अलपत्र छ।

Advertisement

तपाईको प्रतिक्रिया