चितवनको हाकिमचोकमा मुक्तिनाथ
समाधान संवाददाता
२०७६ वैशाख १४ गते ९:१५

समाधान सम्वाददाता
मुक्तिनाथ विकास बैंकले चितवनको हाकिमचोकमा शाखा खोलेको छ । देशैभरी शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबार हाकिमचोक शाखा भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले सुरुआत गरिन् ।
उपमेयर शाहले मुक्तिनाथ विकास बैंकले विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराई मानिसलाई व्यवसायी बन्न सहयोग गरेको उल्लेख गरिन् । बैंकहरुले सर्वसाधारणसम्म सहज वित्तीय पहुँच पुर्याएर सामाजिक तथा आर्थिक विकासमा योगदान गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउतले पनि बोलेका थिए । मुक्तिनाथले देशैभरी १ सय १४ वटा शाखा, २२ एटिएमबाट ६ लाख ग्राहकलाई सेवा दिइरहेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया