सरकारको कामप्रति पार्टीभित्रै असन्तुष्टि बढ्यो

समाधान संवाददाता २०७६ वैशाख १४ गते ९:४७

समाधान, काठमाण्डौं

जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारप्रति चौतर्फी असंतुष्टि बढ्दो छ । जनस्तरमा मात्र नभएर सरकारको कामका विषयलाई लिएरसत्तारुढ नेकपा भित्रै पनि असन्तुष्टि चुलिँदै गएको छ ।।

नेकपा अध्यक्ष केपी ओलीको नेतृत्वमा दुई तिहाई बहुमत सहितको सरकार बनेको १४ महिना पुरा भएको छ । सुखी नेपाल र संमृद्ध नेपालीको नारा जोडतोडका साथ उठाइरहेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना बढ्न थालेको छ । सरकारको कामलाई लिएर जनस्तरबाट आलोचना भइरहँदा पछिल्लो समय सत्तारुढ नेकपा भित्र पनि असन्तुष्टि चुलिँदै गएको छ ।

Advertisement

सरकार आन्तरिक समस्यामा अल्झिँदा जनस्तरमा कामको प्रभावकारीता नदेखिएको भन्दै नेकपाका नेताहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । सरकारले आधारभुत आवश्यकता पुरा गर्न असफल बनेको भन्दै नेताहरुले असन्तुष्टि जनाएका छन् ।

नेकपाको नेतृत्वमा संघीय सरकारमा दुई तिहाइ बहुमत तथा अन्य ६ वटा प्रदेशमा सुबिधाजनक सिट सहितको सरकार रहेको छ । तर, प्रदेश सरकार पनि संघीय सरकार प्रति सन्तुष्ट छैनन् । कर्मचारी व्यवस्थापन र अधिकार हस्तान्तरणको लागि संघीय र प्रदेश सरकारबीच वादविवाद चलेको छ ।

Advertisement

प्रतिपक्ष कमजोर र करिब अस्तित्व विहिन रहेका वेला सरकारको विरोध तथा तथ्यमा टेकेर आलोचना समेत कुनै पार्टीले गर्न सकेका छैनन् । प्रयाप्त सम्भावना हुँदाहुँदै पनि सरकारले परिवर्तनकारी काम गर्न इच्छा नदेखाएको विश्लेषकले बताएका छन् ।

गत बर्ष मंसिरमा बसेको स्थायी समिति बैठकमापनि सरकारको काम प्रभावकारी नभएको भन्दै सदस्यले आलोचना गरेका थिए ।

तपाईको प्रतिक्रिया