लायन्समा चुनाबको ज्वरो, मतदान प्रकृया शुरु, कसले मार्ला बाजी ?

समाधान सम्वाददाता
लायन्स डिष्ट्रक्ट ३२५ बि १ को महाधिवेशन पोखरामा जारी छ । शुक्रबार देखि शुरु महाधिवशेन शनिबार अर्थात आज नयाँ नेतृत्वक लागि मतदान गरेर सकिनेछ । नयाँ नेतृत्व चयनका लागि चुनावी प्रकृया शुरु भैसकेको छ ।
भाइस डिष्ट्रक्ट गर्भनर पदका लागि निर्बाचन हुँदैछ । यो पदका लागि पोखराकै दुई जना लायन्स नेताहरु चुनावी मैदानमा छन् । काठमाण्डौं, पोखरा र मोफसल गरी तीन भागमा विभक्त लायन्सक डिष्ट्रक्ट ३२५ बि १ को नृतत्वका लागि पोखरा कै दुई जनाबीच प्रतिस्पर्धा भएको पहिलो चोटी हो । यसै कारण यो निर्बाचन निकै पेचिलो बनेको छ ।
पोखराकै लायन्स विशेश्वर आचार्य र लायन्स ध्रुब श्रेष्ठ चुनावी मैदानमा ।
नेतृत्व चयनका लागि ८९२ जना मतदाताले मतदान गर्दैैछन् । ती मध्ये काठमाण्डौंका ४११, पोखराका ३५४ र मोफसलका १२७ मतादता हुन । काठमाण्डौं र पोखरा भन्दा बाहिर रहेका क्लबका मतदातालाई मोफसल भनिन्छ । मोफसलमा धादिङ्ग, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, स्याङ्जा लगायत पर्दछन् ।
महाधिवेशन स्थल पोखरा प्रदर्शनी केन्द्रबाट लायन्स रामचन्द्र पोखरेलले दिएको जानकारी अनुसार भाइस गर्भनर पदका दुवै प्रत्यासीले मतदातालाई सम्बोधन गरेर आफ्ना योजना सुनाइसकेका छन् । अबको केही बेरमा मतदान शुरु हुँदैछ । मतदान प्रकृया शुरु भैरहदा कसले मार्ला बाजी भन्ने जिज्ञासा बढ्दो छ । दुवै जना पोखराका भएकाले पोखरेलीले निकै चासोका साथ महाधिवेशनको परिणामलाई पर्खिएका छन् ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया