अख्तियारको आलोचना

राकेश शर्मा म्याग्दी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम जनताको अपेक्षा बमोजिम नभएको सरोकारवालाले गुनासो गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले बिहीबार बेनीमा गरेको भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनसम्बन्धी अन्तत्र्रिmयामा सहभागीले अख्तियारले सानालाई तर्साउने र ठूला अनियमितता र भ्रष्टाचारका घटनामा जनचाहना बमोजिम नतिजा दिन नसकेको बताएका हुन् ।
अन्तक्र्रियामा सहभागी ६ वटै स्थानीय तहका जनप्रतिनिधिले स्थानीय तहविरुद्ध परेका उजुरीलाई लिएर गलत प्रचार गर्ने र जनतामा भ्रम सिर्जना गरिएको भन्दै ध्यानकर्षण गराए । आरोप पुष्टि हुन नसके गलत नियत राखेर उजुरी दिने व्यक्तिलाई समेत कारबाहीको भागीदार बनाउनुपर्ने सहभागी जनप्रतिनिधिले माग गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सावित्री थापा गुरुङले सरकारी र सार्वजनिक सेवा प्रवाहमा सुशासन र विकास निर्माणमा पारदर्शीताको लागि आयोगको भूमिकालार्ई केन्द्रित गरिएको बताइन् ।
उनले अख्तियारले आफ्नो क्षेत्राधिकारलाई बलियो बनाएको र छानबिनमा दोषी ठहर हुने सबै तहका व्यक्तिमा कानुनी कारबाही हुने उल्लेख गरिन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा विकास निर्माण योजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहले आवश्यक समन्वय नगरेको बताउँदै आफ्नो कार्यालयबाट आवश्यक पहल भएको बताए । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भ्रष्टाचार कमजोरीमात्रै नभएर प्रवृतिसमेत भएकाले यसलाई नियन्त्रण गर्न सबै सरोकारवाला गम्भीर बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा आयोगका उपसचिव मेघनाथ रिजालले म्याग्दीमा चालु आर्थिक वर्षमा ५२ वटा उजुरी अख्तियारमा दर्ता भएकोमा ३३ उजुरी फस्र्याेट भएको सुनाए । चालु आर्थिक वर्षमा पोखरा कार्यालयमा मात्रै ६ सय ७२ वटा उजुरी परेकोमा ३ सय ६४ वटा उजुरी फस्र्याैट भएको उनले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख काशीराज दाहालको अध्यक्षतामा भएको अन्तत्र्रिmयामा सहसचिव ज्ञानेन्द्र पौडेलले अख्तियारको क्षेत्राधिकार, उजुरीको अवस्था लगायत विषयमा सहजीकरण गरेका थिए ।







माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया