तनहुँका तल्ला कमिटी–एमाले माओवादी फिप्टी फिप्टी

कृष्ण न्यौपाने दमौली
तनहँुका १० वटै स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व टुंगो लागेको छ । नेकपाको गण्डकी प्रदेश कमिटीको मंगलबार भएको बैठकले सबै स्थानीय तहमा नेतृत्व छानेको हो ।
पूर्व एमालेको भागमा ३ नगरपालिका र २ गाउँपालिका र पूर्व माओवादीको भागमा १ नगरपालिका र ४ गाउँपालिकाको नेतृत्व परेको छ । पूर्व एमालेको भागमा भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, घिरिङ र रिसिङ गाउँपालिकाको नेतृत्व परेको छ भने पूर्व माओवादीको भागमा भिमाद नगरपालिका, देवघाट, आँबुखैरेनी, बन्दिपुर र म्याग्दे गाउँपालिकाको नेतृत्व परेको छ । पूर्व एमाले अध्यक्ष भएको ठाउँमा पूर्व माओवादीका सचिव र पूर्व माओवादी अध्यक्ष भएको ठाउँमा पूर्व एमालेका सचिव तोकिएको छ ।
तनहँुमा देवघाट गाउँपालिकाको अध्यक्षमा भुवन गुरुङ र सचिवमा केशवचन्द्र न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा प्रेम तमु र सचिवमा बेलबहादुर गुरुङ, बन्दिपुर गाउँपालिकाको अध्यक्षमा विद्या लामिछाने र सचिवमा जीवन कायस्थ चयन भएका छन् ।
भानु नगरपालिकाको अध्यक्षमा प्रेम राना र सचिवमा सीताराम अधिकारी, व्यास नगरपालिकाको अध्यक्षमा श्रीराम कार्की र सचिवमा रामचन्द्र सापकोटा, म्याग्दे गाउँपालिकाको अध्यक्षमा डिलबहादुर नेपाली र सचिवमा सोमबहादुर आले, शुक्लागण्डकी नगरपालिकाको अध्यक्षमा मुक्ति तिमिल्सेना र सचिवमा बुद्धिसागर रिमाल, भिमाद नगरपालिकाको अध्यक्षमा रामबहादुर थापा र सचिवमा इमान थापा, रिसिङ गाउँपालिकाको अध्यक्षमा गञ्जसिंह गुरुङ र सचिवमा वीरबहादुर थापा र घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र सचिवमा भुवन विक चयन भएका छन् ।
पार्टीले नेकपा तनहुँ अध्यक्षमा केदार सिग्देल र सचिवमा राजेन्द्रकेशरी न्यौपानेलाई जिम्मवारी दिइसकेको छ ।








चुनाव आउन ६५ दिन बाँकी : उम्मेदवारले २५ देखि ३३ लाखसम्म खर्च गर्न पाउने
आन्दोलनमा जलेको कास्की मालपोतलाई ४ बैंकको सहयोग : कम्प्युटर र प्रिन्टर हस्तान्तरण
शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया