लायन्स महाधिवेशनमा सुरक्षाको डर ! उम्मेद्वार सुरक्षार्थ बाउन्सर !! हलभित्र होहल्ला !!!

समाधान संवाददाता २०७६ वैशाख १४ गते १६:०५

समाधान सम्वाददाता, पोखरा ।

लायन्स क्लब डिष्ट्रिक्ट ३२५ बि १ को पोखरामा जारी महाधिवेशन गर्मागर्मी माहोलमा चालिरहेको छ । भाईस डिष्ट्रिक गभर्नरको लागि पोखरा कै दुई जना बीच चर्को प्रतिस्पर्धा भएका कारण माहौल तातिरहेको छ । यहाँसम्मकी उम्मेद्वारहरुले आफ्नो सुरक्षाका लागि बाउन्सरलाई महाधिवेशन स्थलमा प्रवेश गराएको आरोप समेत लागेको छ ।

समाधानन्यूज अनलाइनलाई प्राप्त एउटा फोटोमा होली ग्याङ्ग नेपालका बाउन्सरको टिसर्ट लगाएका एक जना युवा हात पछाडी फर्काएर मुठी कसेर उभिएका देखिन्छन ।

Advertisement

ती युवाहरुलाई भाइस डिष्ट्रिक्ट गभर्नरका उम्मेद्वार ध्रुव श्रेष्ठले भित्र ल्याएको भनेर कार्यक्रम स्थलमा केही समय हल्ला खल्ला समेत भयो । महाधिवेशन स्थलको सुरक्षाका लागि बाक्लै संख्यामा प्रहरी खटिएका छन् । कार्यक्रम भित्र बाउन्सर ल्याइएको भन्दै हङ्गामा भएपछि प्रहरीले ती युवालाइ नियन्त्रणमा लिएर बाहिर निकालेको छ ।

निर्बाचनम पोखरा कै दुई जना लायन्स विशेश्वर आचार्य र श्रेष्ठबीच प्रतिस्पर्धा छ । अहिले मतदान जारी छ ।

Advertisement

तपाईको प्रतिक्रिया