जाँचिदैछन् ४२८०५२

समाधान संवाददाता २०७६ वैशाख १५ गते ८:४२

समाधान सम्वाददाता

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने कक्षा १२ को परीक्षा आइतबार मुलुकभर हुँदैछ । गण्डकी प्रदेशका १० जिल्लामा यो वर्ष कक्षा १२ मा ४१ हजार २ सय ६० विद्यार्थी सहभागी हुँदै छन् । परीक्षा बोर्ड कार्यालय पोखराका प्रमुख विष्णुनारायण श्रेष्ठका अनुसार नियमित तर्फ २७ हजार ४ सय ५० र आंशिकतर्फ १३ हजार ८ सय १० विद्यार्थी सहभागी हुँदैछन् ।

गण्डकीको नवलपुर वाहेकका १० जिल्ला बोर्डको पोखरा कार्यालयले हेर्दै आएको छ । १० जिल्लाका १ सय ५ केन्द्रमा परीक्षा सञ्चालन हुने प्रमुख श्रेष्ठले जनाए । उत्तर पुस्तिका सबै केन्द्रमा पुगिसकेको र प्रश्नपत्र समेत केन्द्र नजिकको प्रहरी कार्यालयमा पुगिसकेको छ ।

Advertisement

बोर्डको केन्द्रीय कार्यालयले भनेजस्तो प्रश्नपत्र राखिएका सबै प्रहरी इकाइमा सिसी क्यामेरा छैनन् । गण्डकीको कास्कीमा सबैभन्दा बढी अर्थात् १५ हजार १ सय ८९ र मनाङमा सबैभन्दा कम अर्थात् ३७ विद्यार्थीले परीक्षा फारम भरेका छन् । मनाङ र मुस्ताङमा १÷१ परीक्षा केन्द्र छन् ।

यसैबीच, देशभर एकैसाथ १५ गते आइतबार बिहान ७ बजेदेखि हुने कक्षा १२ र वैशाख २९ गतेबाट हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए ।

Advertisement

कक्षा १२ को परीक्षामा ४ लाख २८ हजार ५२ र कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ परीक्षार्थी गरी ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीको सहभागिता रहने उनले बताए । कक्षा १२ र कक्षा ११ को परीक्षामा ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख, ९३ हजार ५ सय ४९ छात्राको सहभागिता रहने छ ।

आगामी २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षातर्फ साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ । यसैगरी वैशाख २९ गते शुरु भई जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ ।

बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरेकामा सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २२ र मनाङ÷मुस्ताङमा १÷१ परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्यसचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।
परीक्षा केन्द्रमा सिसी क्यामरा ः

गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्न पत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटि नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसी क्यामरा जडान गरेको छ ।

बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरेको जानकारी दिँदै उनले बोर्डको मुख्यालयमा रहेको नियन्त्रण कक्षबाटै देशैभरको परीक्षाबारे जानकारी लिने व्यवस्था गरिएको बताए ।

परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ ।

परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी ‘बल्क एसएमएस’को व्यवस्था गरेको छ भने कुनै त्रुटि देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटि सच्याएर बोर्डलाई जानकारी गराउँदै यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ ।

परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिलाई तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिइएको छ भने परीक्षामा अमर्यादित काम गर्र्नेे व्यक्तिलाई ६ महिना कैद र १ लाख जरिवाना गर्नसक्ने व्यवस्था गरिएको अर्यालले जानकारी दिए ।

बोर्डले यो वर्षदेखि विद्यार्थीको नाम, थर, जन्ममिति, रजिस्टे«सन, विषय र परीक्षामा रुजु गर्ने व्यवस्था मिलाएको छ । बोर्डले आफ्नो वेबसाइटमा परीक्षा मेमोमा गएर पुनः रजिस्ट्रेसन नम्बर इन्ट्री गरी हेर्नसक्ने व्यवस्था गरेको सदस्य–सचिव अर्यालले जानकारी दिए ।

परीक्षाका लागि प्रदेश १ मा १ सय ९७, २ मा १ सय १५, ३ मा ३ सय ३, गण्डकीमा १ सय १८, प्रदेश ५ मा १ सय ६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा १ सय १९ परीक्षा केन्द्र निर्धारण गरेको जनाएको छ ।

परीक्षामा १ हजार १ सय ७ केन्द्राध्यक्ष, १ हजार ४८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १ सय ७ निरीक्षक, १ हजार ४ सय ८९ कर्मचारी, २ हजार २ सय १४ कार्यालय सहयोगी र १३ हजार १ सय ८४ सुरक्षाकर्मीसहित ३४ हजार ४ सय ९० जनशक्ति परिचालन गरिने भएको छ ।

तपाईको प्रतिक्रिया