लायन्समा इन्दु, मन र विशेश्वरको जीत

समाधान संवाददाता २०७६ वैशाख १५ गते ८:५२

समाधान सम्वाददाता
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशनले डिष्ट्रिक्ट गभर्नरमा इन्दु लम्साललाई चयन गरेको छ ।

पोखरामा आयोजित २ दिने महाधिवेशनबाट लम्साल लायन वर्ष २०१९/२० का लागि उनी गभर्नर चयन भएकी हुन् । प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा मनबहादुर रोका विजयी भए ।

द्वितीय भाइस गभर्नरमा विशेश्वर आचार्य ५ सय ४४ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी ध्रुव श्रेष्ठले ३ सय ३० मत पाए ।

Advertisement

नवनिर्वाचित गभर्नर लम्सालले क्याविनेट सेक्रेटरीसहित केही महत्वपूर्ण पदमा नियुक्ति गरेकी छन् ।

लम्सालले क्याविनेट सेक्रेटरीमा विनोद ढुंगाना, ट्रेजररमा भीमलाल पौडेल, चिफ एडभाइजरमा महेन्द्र पौडेल, पब्लिक रिलेसन अफिसर इन चिफमा रामचन्द्र पोखरेल तथा डिष्ट्रिक्ट एडमिनिट्रेटरमा उदयकुमार नेपाललाई नियुक्त गरिन् ।

Advertisement

तस्बिर साैजन्यः सुरेन्द्र पाैडेल

तपाईको प्रतिक्रिया