नेपाल चीन दुईपक्षीय वार्तामा आज १६ अर्ब रुपैयाँ सहयोग घोषणा हुने

समाधान संवाददाता २०७६ वैशाख १५ गते ९:१९
This combo image shows President Bidya Devi Bhandari and Chinese President Xi Jinping (right). Photo: THT

समाधान सम्वाददाता

नेपाल र चीनबीच आज दुई पक्षीय वार्ता हुँदैछ । चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जीनपिङको उपस्थितीमा बेइजिङमा दुईपक्षीय वार्ता हुन लागेको हो ।

वार्तामा बीआरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार लगायतमा चीन समक्ष सहयोग आब्हान गर्ने तयारी नेपालको छ । बेइजिङको ग्रेट हल वार्तापछि दुई देशविच केही विषयमा सम्झौता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

Advertisement

भण्डारीको चीन भ्रमणको अवसर पारेर चीनले नेपाललाई करिव एक अर्व युआन अर्थात करिव १६ अर्ब रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोग घोषणा गर्ने बताइएको छ । चिनियाँ सहयोग चक्रपथ विस्तार लगायतका आयोजनाका लागि हुने बताइएको छ ।

दुई देशबीच चीन—केरुङ रेल कनेक्टिभिटीको विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि छ ।

Advertisement

तपाईको प्रतिक्रिया