टि–२० क्रिकेट, एकै खेलमा ५४० रन !

समाधान संवाददाता २०७६ वैशाख १५ गते ११:२६

एजेन्सीको सहयोगमा

भनिन्छ क्रिकेट किर्तिमानै किर्तिमानको खेल हो । यो खेलमा जे पनि सम्भव हुन्छ जस्तै लाग्छ । एउटा खेलमा त्यस्तै भएको छ । २०–२० ओभरको जम्मा तीन–चार घण्टामा समाप्त हुने खेलमा टेष्ट क्रिकेटमा जस्तै ५४० रन बन्यो भन्दा सायदै विश्वास गर्न मुश्किल हुन्छ । तर बेलायमा भएको एक क्लब स्तरीय खेलमा यो सम्भव भएको छ । आइसिसीले अन्तराष्ट्रिय रुपमा मान्यता नदिएको भए पनि सो प्रतियोगितामा बनेको रनले विश्वभर चर्चा पाइरहेको छ । किनभने यसमा धेरै असम्भव लाग्ने परिणाम प्राप्त भएका छन् । पहिलो इनिङमा ३२६ रन बनेको थियो भने त्यो लक्ष्यलाई भेटाउन प्रयास गर्नेले दोश्रो इनिङमा २१४ रन बनाएको थियो ।

आइतबार बेलायतमा सम्पन्न एक खेलमा स्कटल्याण्डका ब्याट्सम्यान जर्ज मुन्सेले २५ बलमा शतक बनाएका छन् । उनी एक्लैले ३९ बलको सामना गरेर १४७ सन बनाउदा उनको टिमले २० ओभरमा ३२६ रनको योगफल तयार पारेको थियो ।

Advertisement

ग्लोस्टरसायर सेकेन्ड–११ र बाथ सेकेन्ड–११ बिचको सो टी–२० खेलमा मुन्सेले संगै ओपनिङमा आएका अर्का ब्याट्सम्यानले पनि शतक जमाएका छन् । यो पनि टि–२० को किर्तिमान हो । पहिले ब्याटिंग गर्ने निर्णय गरेको ग्लोस्टरसायर सेकेन्ड–११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३२६ रन बनायो । ओपनरका रुपमा आएका जर्ज मुन्से र जर्ज विल्लोजले पहिलो विकेटको लागि मात्र ११.२ ओभरमा २२१ रनको साझेदारी गरे ।

पहिलो विकेटको रुपमा आउट हुनुपुर्व २५ बलमा शतक पुरा गरेका मुन्सेले १४७ रन बनाए । ४९ मिनेट खेलेका मुन्सेले ३९ बलको सामना गर्दै ५ चौका र २० छक्का प्रहार गर्दै १४७ रन बनाए । उनले १ ओभरका ६ बलमा ६ वटै छक्कासमेत प्रहार गरेका थिए । त्यस्तै अर्का ओपनर विल्लोजले ५९ बलमा ११५ रन बनाएका थिए । त्यस्तै टम प्रिन्सले २३ बलमा ५० रनको पारि खेलेका थिए ।

Advertisement

जवाफमा ३२७ रनको बिशाल लक्ष्य पछ्याएको बाथ सेकेन्ड–११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो ।

तपाईको प्रतिक्रिया