रेडियो शालिग्राममा युवराज

समाधान संवाददाता २०७६ वैशाख १५ गते १२:०९

समाधान संवाददाता
पर्वत

रेडियो शालिग्राम पर्वतको त्रेसो अधिवेशन शनिबार भएको छ । अधिवेशनले युवराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष शिवशर्मा अधिकारी, सचिव राजेन्द्रबहादुर क्षेत्री, कोषाध्यक्ष भूमिराज शर्मा र सहसचिव गोविन्द्र अधिकारी छन् । सदस्यहरु देवीप्रसाद विलासी, छविलाल तिवारी, सुरेन्द्र केसी, यज्ञबहादुर थापा, कृष्णप्रसाद शर्मा र द्रोणराज पौडेल चयन भए ।

प्रेस युनियन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले बधाईसहित सफलताको शुभकामना दिए । उनले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि गिद्धे नजर लाएको हुँदा सरकारका खराब कामविरुद्ध उत्रिन सबै प्रेस जगत र पत्रकारहरु एक हुनुपर्ने बताए । उनले सत्य र तथ्यगत समाचार लेख्दा पनि पत्रकारलाई प्रकाउ गर्दै राज्यले आम समुदायले पाउने सूचना लुकाउने प्रयास गरेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया