कसले रुवायो सोनाली सहगललाई ? कस्ती देखिनु पर्दथ्यो उनी ??

समाधान संवाददाता २०७६ वैशाख १५ गते १४:२५

एजेन्सीको सहयोगमा

बलिउडकी हट नायिका सोनाली सहगलले एउटा अन्तरवार्तामा आफु घर गएर लामो समयसम्म एक्लै रोएको खुलासा गरेकी छन् । ‘प्यार का पंचनामा’ फेम्ड नायिका एक जना निर्देशकको गलत आग्रहका कारण रोएकी हुन । उनले भनेकी छिन्–‘म केही समय पहिला एक चलचित्रको अडिसनका लागि गएको थिएँ । तर, मलाई कास्टिङ डिरेक्टरले मेरो शरीरमा केही अप्राकृतिक परिवर्तन गर्न आग्रह गरेँ । म यो कुराले निकै नै विचलित भएकी थिएँ ।’

उनले भनिन्–‘मलाई मेरो शरीरमा केही अप्राकृतिक परिवर्तनका लागि आग्रह गरियो । यो कुरा सुनेपछि म त्यहाँबाट हिडेँ । मैले यो चलचित्र नगर्ने निर्णय गरेँ । तर, एउटा राम्रो चलचित्र मेरो हातबाट गुमेको थियो ।’ उनले शरिरमा के परिवर्तन गर्न भनियो भन्ने कुरा रहस्य मै राखेकी छन् ।

Advertisement

सोनालीले आफू घर पुगेर धेरै रोएको सुनाएकी छिन् । बलिउडमा अझै पनि नायिकालाई कस्तो देखिनुपर्छ भनेर अरुले निर्णय गर्ने गरेको बताउदै नायिकाको शरीर भन्दा पनि अभिनय हेर्नुपर्नेमा जोड दिएकी छिन् ।

Advertisement

तपाईको प्रतिक्रिया