सन्दिपको खराब प्रदर्शनका बाबजुद दिल्ली क्यापिटल प्ले अफमा, कोहलीको टिम आउट

समाधान संवाददाता २०७६ वैशाख १५ गते २०:३९

एजेन्सीको सहयोगमा

रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै दिल्ली क्यापिटल आईपीएलको प्ले अफमा पुगेको छ । दुई खेल खेल्न बाँकी छदा दिल्ली अंक तालिकाको शिर्ष स्थानमा छ । रनरेटका आधारमा चेन्नई भन्दा माथि छ । अबका बाँकी खेल हारे पनि दिल्ली प्ले अफमा पुग्नेछ ।

दिल्लीलाई सुखद खबर हुँदा भारतीय टिमका कप्तान बिराट कोहलीले नेतृत्व गरेको टिम रोयल च्यालेन्जर बेङ्गलोर प्ले अफमा नपुग्ने निश्चित भएको छ । आइपिएलमा सहभागी ८ टिम मध्ये बाहिरिने पहिलो टिम आरसिबी बनेको छ । उसले बाँकी रहेका दुवै खेल जिते पनि अन्तिम चारमा स्थान बनाउन सक्नेछैन ।

Advertisement

इन्डियन प्रिमियर लिगमा दिल्ली नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको टिम हो । यद्यपी यो खेलमा सन्दिपले बिर्सन लायक प्रदर्शन गरेका छन् । उनको खराब प्रदर्शन कै कारण कप्तान श्रेयर आयरले पुरै चार ओभर बलिङ पनि गराएनन् । जम्मा ३ ओभर बलिङ गरेका सन्दिपले ३६ रन खर्चिए ।

दिल्लीले दिएको १८८ रनको लक्ष्य पछ्याएको बैंग्लोरले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन मात्र बनाउन सक्यो । उसका पार्थिव पटेलले ३९ रन बनाए । बलिङतर्फ दिल्लीका अमित मिश्रा र राबाडाले २–२ विकेट लिए ।

Advertisement

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले शिखर धवन र श्रेयर आयरको अर्धशतकको मदतमा २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । आयर ५२ र धवन ५० रनमा आउट भए ।

तपाईको प्रतिक्रिया