आजबाट बजेट अधिवेशन, संसद अवरुद्धको तयारीमा राजपा

समाधान सम्वाददाता
संघीय संसदको बजेट अधिवेशन सोमबारबाट सुरु हुने भएको छ । चालु संसदको चौथो अधिवेशन सञ्चालनका विषयमा संसद सचिवालयले सुचनासमेत जारी गरिसकेको छ ।
आज अपराह्न ४ बजे दुवै सदनको अधिवेशन सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन् । नेपालको संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।
यो अधिवेशनमा सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने छ । सरकारको आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम यही वैशाख २० गते प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची तय भएको छ । संविधानमै व्यवस्था भएअनुरुप सरकारले आवको बजेट जेठ १५ गते प्रस्तुत गर्ने छ ।
एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि छ महीनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ । संसद्को पहिलो बैठकमा संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख र अध्यक्षले आ–आफ्ना सदनसमक्ष वाचन गर्नेछन् ।
यसैबीच संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी ९राजपा०ले बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । पछिल्लो अधिवेशनमा नियमित संसद अवरुद्ध गर्दै आएका राजपाले सोमबारको बैठक पनि अवरुद्ध गर्ने प्रमुख सचेतक लक्ष्मणलाल कर्णले बताएका छन् । मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै राजपाले संसद अवरुद्ध गर्दै आएको हो ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया