माटोका घरको अध्ययन गर्दै विद्यार्थी

समाधान संवाददाता २०७६ वैशाख १६ गते १२:३०

माधान संवाददाता, जोमसोम

टोकियो सिटी युनिभर्ससिटी जापानमा पिएचडी तेस्रो वर्षमा अध्ययनरत काभ्रेपलाञ्चोक रोसी गाउँपालिका ७ का विद्यार्थी बासुदेव गौतम दोस्रोपटक मुस्ताङ आएका छन् । तराई, पहाड र हिमाली जिल्लाका पुराना ऐतिहासिक घरहरुको अध्ययनका लागि उनी मुस्ताङ आएका हुन् ।

युनिभर्ससिटीमार्फत पहिलोपटक सन् २०१६ डिसेम्बरको जाडो मौसममा पनि विद्यार्थी गौतम मुस्ताङ आएका थिए । अहिले गर्मीयामको फरक मौसम पारेर यहाँका माटोले बनेका घर र अहिले बन्दै गरेको सिमेन्टले बनेको घरहरुको भिन्नता र गुणस्तर निर्धारण गर्दै थेसिस लेख्न उनी मुस्ताङ आएका हुन् । फरक÷फरक केही प्रविधिको सहयोगमा उनले घरभित्र र बाहिरको मौसमी तथ्यांक संकलनबारे अध्ययन गरेका छन् । उनले हावाको गति नाप्ने ब्यारोमिटर, कार्बनडाइअक्साइड मापन गर्ने रेकर्डर, तापक्रम नाप्ने थर्मोमिटर र अक्सिजन नाप्ने मिटर प्रयोग गरी अध्ययन गरेका छन् ।

Advertisement

गौतमले मुस्ताङको जोमसोम, ठिनी, स्याङ र कागबेनीमा मौसम अध्ययन गरेका छन् । उनले प्रविधिको अध्ययनसँगै स्थानीयसँग पनि तापक्रम, अक्सिजन र मौसममी अनुभवबारे प्रश्न राखेर प्रतिवेदन तयार पार्ने जनाए । सामान्य परिवारमा जन्मेका उनलाई १ वर्षअघिमात्र रोटरी क्लब अफ जापानले छात्रावृत्ति उपलब्ध गराएको हो । पढाइ सकेपछि स्वदेशमै सेवा गर्ने विद्यार्थी गौतमले बताए ।

उनका अनुसार घर बाहिरको तापक्रमभन्दा घरभित्रको तापक्रम केही बढी हुने भएपनि आरसिसी घरहरुमा त्यस अनुरुप नपाइएको अनुभव सुनाए । पुराना माटोका घरहरु बस्नका लागि योग्य भएको उनले दाबी गरे ।

Advertisement

वस्तुगत रुपमै स्थानीय संगको सर्वेक्षणमा माटोलेनै बनेका घरहरु प्रभावकारी भएको पाएको उनको भनाइ छ । उनी भन्छन्, ‘सडकले आरसिसी घरहरु बन्ने क्रम बढेकाले संस्कृति धरासयी हुन सक्ने देखिएको छ ।’ मुस्ताङ, मनाङ लगायत अन्य हिमाली जिल्लामा सयौं वर्ष पुराना माटोले बनेका घरहरु अझै छन् ।

तपाईको प्रतिक्रिया