चिन बन्दैछ हलिउडको ठुलो मार्केट

समाधान संवाददाता २०७६ वैशाख १६ गते १२:५८

एजेन्सीको सहयोगमा

हलिउडबाट प्रडक्शन हुने अंग्रेजी चलचित्रहरुले पनि अब नेपालका छिमेकी दुई देश भारत र चिनको बजारलाई पैसा कमाउने क्षेत्रका रुपमा लिन थालेका छन् । झण्डै तीन अरब जनसंख्या भएका यी देश अंग्रेजी फिल्मका ठुला मार्केट सिद्ध हुँदै गएका छन् ।

यसैबीच हलिउडको बीग रिलिज ‘एभेन्जर्सः इन्ड गेम’ले विश्वव्यापी रुपमा चमत्कारिक व्यापार गरिरहेको छ । यो चलचित्रले विश्वभरबाट जुन खालको व्यापार गरिरहेको छ, यसले ‘अवतार’को व्यापारलाई जित्ने अनुमान लगाइएको छ ।

Advertisement

चलचित्रले भारतमा दुई दिनमै सय करोड माथिको व्यापार गरेको छ । पहिलो दिनमा ५३ करोडको व्यापार गरेको चलचित्रले शनिबार ५१ करोडको व्यापार गरेको छ । दुई दिनमै १०४ करोडको व्यापार गरेको यो हलिउड चलचित्रले ३ दिनमा १ सय ५० करोड माथिको व्यापार गर्ने पक्का छ ।

चलचित्रले चीनको बक्स अफिसमा पनि नयाँ रेकर्ड राखेको छ । यो चलचित्रले ३ दिनमै चीनको बक्स अफिसमा २१७ मिलियन डलर अर्थात १५१५ करोड९भारतीय रुपैयाँ०को व्यापार गरेको छ । चलचित्रले ३ दिनमै चीनको बक्स अफिसमा बलिउड चलचित्र ‘दंगल’ले कमाएको १३३४ करोडको व्यापारलाई तोडेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया