सिद्धार्थ क्लबद्वारा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता, पोखरा
सिद्धार्थ क्लबले भैरवी आधारभूत विद्यालयमा शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको छ । क्लबले रुपा गाउँपालिका केन्द्रित भई शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । क्लबले रुपा गाउँपालिका ५ खडागाउँ स्थित स्कुलमा ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा रुपा ५ का सदस्य राजन खनालले क्लबको सेवाभाव सकारात्मक भएको उल्लेख गरे । खनालले विद्यालयमा गुणस्तर शिक्षा व्यवस्थाका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैको दायित्व बराबर रहेको बताए । सिद्धार्थ क्लबका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न विद्यालयले बालमैत्री वातावरण तथा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका शिक्षा अधिकृत भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खमबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक श्यामकुमार श्रेष्ठले क्लबले गरेको सहयोग निरन्तर हुनु पर्नेमा जोड दिएका थिए । विद्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष रवी मर्सानी, प्रथम उपाध्यक्ष पार्वती माकाजू, सचिव प्रमोदनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।









खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया