सिद्धार्थ क्लबद्वारा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता, पोखरा
सिद्धार्थ क्लबले भैरवी आधारभूत विद्यालयमा शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको छ । क्लबले रुपा गाउँपालिका केन्द्रित भई शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । क्लबले रुपा गाउँपालिका ५ खडागाउँ स्थित स्कुलमा ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोसाक वितरण गरेको हो ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा रुपा ५ का सदस्य राजन खनालले क्लबको सेवाभाव सकारात्मक भएको उल्लेख गरे । खनालले विद्यालयमा गुणस्तर शिक्षा व्यवस्थाका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैको दायित्व बराबर रहेको बताए । सिद्धार्थ क्लबका अध्यक्ष विनोदप्रसाद श्रेष्ठले सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्न विद्यालयले बालमैत्री वातावरण तथा गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका शिक्षा अधिकृत भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खमबहादुर गुरुङ र विद्यालयका प्रधानाध्यापक श्यामकुमार श्रेष्ठले क्लबले गरेको सहयोग निरन्तर हुनु पर्नेमा जोड दिएका थिए । विद्यालयमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष रवी मर्सानी, प्रथम उपाध्यक्ष पार्वती माकाजू, सचिव प्रमोदनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया