ल्वाङमा विशाल कोअपरेटिभको स्वास्थ्य शिविर

समाधान संवाददाता २०७६ वैशाख १६ गते १३:४७

समाधान संवाददाता
पोखरा

पोखरामा रहेको विशाल कोअपरेटिभ संस्था लिमिटेडको आयोजनामा शनिबार माछापुच्छ्रे गाउँपालिका ८ को कार्यालय ल्वाङमा निशुल्क स्वास्थ्य शिविर भएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले शिविर सञ्चालन गरेको हो ।

शिविरमा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग रहेको थियो । अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञहरु डा. वविता शाह, डा. सोनम गुरुङ, डा. प्रेरणा भट्टराई, ल्याब टेक्निसियन सुजन पराजुली, निरु श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा ८६ जना महिलाको निशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिएको स्वास्थ्य उपसमिति संयोजक वुद्धिप्रसाद पौडेलले जानकारी दिए ।

Advertisement

शिविरमा महिलाका विभिन्न रोग का साथै पाठेघरसम्बन्धी रोग परिक्षण गरिएको थियो । कार्यक्रममा डाक्टर प्रेरणा भट्टराई र स्वास्थ्यचौकी इन्चार्ज आनन्द बरालले स्वास्थ्यसम्बन्धी सचेतना दिएका थिए । वडाध्यक्ष कृष्ण दवाडीले सहकारीले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष भुवन नेम्कुल, स्वागत उपाध्यक्ष जगन्नाथ ढकाल, सचिव सुदीप ढकालले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया