पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्न साम्बा र अनिता भारत जाँदै

समाधान संवाददाता, काठमाडाैं
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतले पहिलोपटक अन्तर्राष्ट्रिय लिग खेल्ने भएका छन्। दुबै खेलाडी भारतको पञ्जावमा हुने इन्डियन वुमन्स लिग खेल्न सोमबार भारत प्रस्थान गर्दैछन्।
दुबै खेलाडीले चेन्नाईको सेतु क्लबबाट खेल्दैछन्। क्लबले सावित्रालाई ८० हजार र अनितालाई ६५ हजार रुपैयाँमा अनुबन्ध गरेको छ।
सेतु क्लबबाट खेल्ने विदेशी खेलाडीमा नेपालको सावित्रा र अनिता मात्र हुन्। सेतुले यसअघिको संस्करणमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो।
आफ्नो पहिलो अन्तर्राष्ट्रिय लिग भएकाले प्रतियोगितालाई कोशेढुंगाको रूपमा लिएको भन्दै सावित्राले भनिन्, ‘म पहिलोपटक बाहिर लिग खेल्न जाँदैछु। भोलिका अवसरहरूका लागि आफूलाई प्रामणित गरेर देखाउनु छ।’
यसअघि सावित्रा र अनिताले माल्दिभ्समा फुटसल खेलेका थिए। तर यसरी बाहिरी क्लबबाट व्यवसायिक फुटबल खेल्न लागेको पहिलोपटक हो।
२०१६ बाट सुरू भएको यो लिग भारतको राष्ट्रिय लिग हो।
यो लिग एक महिनासम्म चल्नेछ। लिगमा १४ टोलीको सहभागिता रहनेछ।
यी दुबै खेलाडीलाई आइतबार अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको थियो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत पदाधिकारीले उनीहरूलाई विदाइ गरे।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया