पोखरामा भीषण असिना पानी
समाधान संवाददाता
२०७६ वैशाख १६ गते १६:००

तस्बिरः समाधान
समाधान संवाददाता, पाेखरा
उच्च हावाको वेगसँगै अपराहन्नदेखि पोखरामा असिना पानी परेको छ ।
हावाको बेग र परेको असिना पानीको कारण गन्तव्यमा पुग्न हतारिएका सर्वसाधारणलाई समस्या पारेको छ ।
पोखराको ठाउँहरु सभागृह, महेन्द्रपुल, पृथ्वीचोक, विरौटाचोक, नयाँबजार, न्यूरोड लगायत क्षेत्र जलमग्न भएको छ ।
उचित ढल व्यवस्थापन हुन नसकेका कारण पार्किङ गरी राखिएका स्कुटर तथा मोटरसाइकल भेलका कारण उक्त स्थलबाटै बगाएको स्थानीयले समाधानलाई जानकारी गराएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया