फेवा किनारमा पार्क, माछापुच्छ्रे शिरमा राष्ट्रिय झन्डा !

समाधान संवाददाता
पोखरा १७ ड्यामसाइडस्थित ७ रोपनी जग्गामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा माछापुच्छ्रे प्रतिविम्ब पार्क निर्माण गरिने भएको छ ।
पार्कको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा शिलान्यास गरे ।

शिलान्यास पछि बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
पोखराका तालहरु र सुन्दरताको संरक्षण गर्न पोखरा महानगरपालिकासँग प्रदेश सरकार पनि सँगै रहेको सन्देश यो कार्यक्रमले दिएको बताए ।
ताल संरक्षण विकास प्राधिकरणको गठनको काम समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । गण्डकी प्रदेश भित्र रहेका तालतलैया, कुवा पोखरी संरक्षणका लागि सरकारले ताल संरक्षण सम्बन्धी कानुन बनाइसकेको छ ।
मेयर मानबहादुर जिसीले ३ वटै सरकारको समन्वयमा मात्र विकास र समृद्धि सम्भव भएको बताए । उनले पार्क निर्माणसँगै पोखराका अर्को पर्यटकीय गन्तव्य थपिने विश्वास व्यक्त गरे ।
फेवातालमा माछापुच्छे« हिमाल र राष्ट्रिय झण्डाको एकै समयमा प्रतिविम्ब देखिने गरी पार्कको डिजाइन गरिएको पोखरा महानगरपालिका सिनियर डिभिजन इन्जिनियर सोभियत खड्काले जानकारी दिए ।
उनका अनुसार पार्कमा ८० फिट अग्लो राष्ट्रिय झण्डा राखिने छ । फेवाताल किनारमा करिब ४ करोडको लगानीमा निर्माण गरिने पार्कमा पहिलो चरणमा ४५ मिटर पर्खाल निर्माण, जग्गा सम्याउने, पार्क भित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजारमा बिनु कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ ।
बिनु कन्स्ट्रक्सनलाई पहिलो चरणको काम सम्पन्न गर्न आगामी असार २० गतेसम्म समय सिमा तोकिएको छ । यो काम गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र पोखरा महानगर पालिकाले आधा÷आधा रकम बेहोर्ने भएका हुन् ।
पार्कमा जाने छुटै पुलको व्यवस्था, पानीको फोहोरा, टिकट काउन्टर, पिउने पानीको व्यवस्था, शौंचालय, बाल उद्यान, पेभेलियन, चिया पसल, खुल्ला व्यायाम स्थल र ८० फिट अग्लो राष्ट्रिय झण्डा लगायतका संरचना निर्माण गरिने छ ।
पार्क भित्र रहेको नागको मन्दिरलाई पनि व्यवस्थित गरिने खड्काले जानकारी दिए । पार्कको डिजाइन इन्जिनियर किसान गुरुङ र सोफिया गुरुङले गरेका हुन् ।
फेवाकिनार ड्यामसाइडमा निर्माण गरिने पार्कको डिजाइन । तस्बिर स्रोतः महानगर सचिवालय









खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया