भट्टेडाँडा आउँदै गर्दा जीप दुर्घटनाः तीनको मृत्यु
समाधान संवाददाता
२०७६ वैशाख १७ गते ९:१२

समाधान, ललितपुर
ललितपुरको दुर्गम मानिने बाग्मती गाउँपालिकामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बाग्मती गाँउपालिका–३ तीनपानेवाट भट्टेडाँडातर्फ आउदै गरेको बा ५ च ५६९६ नम्बरको जीप गएराति दुर्घटनामा परेको हो ।
दुर्घटनामा महोत्तरीका विशाल थापामगर, स्थानीय सुनिता लोप्चन र सरिता मोक्तानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थापामगरको घटनास्थलमै र दुईजनाको आनन्द वन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण खुलेको छैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया