जापानी राजाले आज गद्दी त्याग्दै

एजेन्सी, जापान
जापानका राजा अकिहितोले आज आफ्नो गद्दी त्याग्दै छन् । २ सय वर्षको इतिहासमा उनी पहिलो राजा हुन् जस्ले जिउँदै आफ्नो गद्दी छोडेका छन् ।
८५ वर्षीय अकिहितो पछि उनका छोरा नरूहितोले भोली गद्दी सम्हाल्ने छन ।
राजाले आफू बाँचुन्जेल गद्दी त्याग्न नपाइने परम्परा र कानुन छ । तर पनि अकिहितोले आफू रोगी र बुढो हुँदै गएकाले राज्य चलाउन नसक्ने भएकाले जिम्मेवारीबाट मुक्त हुन चाहेको बाएका थिए । २०१६ देखि नै उनले यस्तो इच्छा व्यक्त गरेपनि कानुनी कारणले गद्दी त्याग्न पाएका थिएनन् ।
जापानी संसदले कानुनी बन्देज फुकाइदिएपछि उनले गद्दी त्याग गर्ने भएका हुन् । आज स्थानीय समयअनुसार बेलुकी ८ बजे उनले गद्दी छोड्ने अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् ।
भोली राजगद्दि सम्हाल्ने उनका छोरा नरूहितोकी एकमात्र सन्तान छन्, छोरी । तर उनले आफ्नो बावुको राज्याभिषेक भने हेर्न पाउने छैनन् । राजपरिवारका महिलाले समेत राज्याभिषेक हेर्न नपाउने कानुन छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया