पहिरो पीडितलाई अन्तराष्ट्रिय पर्वत समाज नेपालकाे दोस्रो किस्ता

रामकृष्ण लामिछाने
पर्वत
जलजलाका पहिरो पीडितको घर बनाउन अन्तराष्ट्रिय पर्वत समाज नेपालले दोस्रो किस्ता प्रदान गरेको छ । अन्तर्राष्ट्रिय पर्वत समाज नेपालले निमार्णाधीन घरलाई दोस्रोे किस्ता प्रदान गरेको हो ।
पहिलो किस्तामा ४ लाख प्रदान गरेको यो संस्थाले दोस्रो किस्ताको रकम ३ लाख १० हजार वडाध्यक्षलाई प्रदान गरेको हो । रकम हस्तान्तरण गर्दै केन्द्रीय सल्लाहकार गोविन्द सुवेदीले छिट्टै तेस्रो किस्ताबापतको रकम लिएर आउने जनाए । उनले निमार्णाधीन घरको अवलोकन गर्दै काम गुणस्तरीय भएको बताए । स्थानीय सरकारसँग समन्वय गरेका प्रदेश र केन्द्रीय सरकारले बोलेका रकम दिने विश्वास व्यक्त गरे । बर्खाको समय लाग्दै छ, छिट्टै घरहरु निर्माण सम्पन्न गरी पीडितलाई हस्तान्तरण गर्न स्थानीय समन्वय समितिलाई अनुरोध गरे ।
उनले लस्तीखोला नियन्त्रण गर्न दैविक प्रकोप उद्धार समितिको ध्यानार्षण गराए । घटना हुनासाथ राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले रकम दिने आश्वासन दिएका थिए पीडितसम्म नपुग्दा निराश छन् । वडाध्यक्ष हरिविकास जिसीले अन्तराष्ट्रिय पर्वत समाज नेपालकाे कदमको प्रशंसा गरे ।
उनले भने, ‘प्रवासमा रहेका नेपालीले यत्रो सहयोगको तत्परता देखाउँदासमेत सरकारले बेवास्ता गरेको बताए । ‘बर्खा सुरु हुन लाग्यो, खोलामा तटबन्ध निर्माण नगर्ने हो भने फेरि दुर्घटना हुन पनि सक्छ ।’
प्रदेश र केन्द्रले ३ करोड ८० लाखको स्टमेट तयार पारेका थिए । लस्तीफर्से सिँचाइ आयोजनालाई ३८ लाख र लस्ती पहिरो पीडित परिवारमा खानेपानी पहुँचका लागि ८ लाख ३० हजार दिने भने पनि अहिलेसम्म बजेट नपुग्दा काम अलपत्र छन् ।
अन्तराष्ट्रिय पर्वत समाज नेपालले लस्तीका पहिरो पीडितको जिविका चलाउन स्थानीयलाई आर्यआर्जनका कार्यक्रमहरु समेत सञ्चालन गर्ने योजना बनाएको छ ।
तपाईको प्रतिक्रिया