कार्कीनेटाको भित्तेपात्रो विमोचन

समाधान संवाददाता २०७६ वैशाख १७ गते १२:१२

समाधान संवाददाता, पोखरा

कार्कीनेटा सम्पर्क समाज पोखराले छापेको भित्तेपात्रो सोमबार विमोचन भएको छ । समाजका संस्थापक अध्यक्ष प्रेमप्रसाद शर्माले पात्रो विमोचन गरे । शर्माले समाज भनेको आफ्नो दुःख, सुखमा साथ दिनका लागि बनाएको समूह भएको सुनाए । उनले भने, ‘कार्कीनेटाबाट पोखरा आई स्थायी वा अस्थायी रुपमा बसोवास गर्नुभएका पोखराबासीलाई गोलबद्ध हुन जरुरी छ ।’

समाजका अध्यक्ष रामचन्द्र शर्मा (आरसी)ले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्नुहुने विज्ञापन दाता, शुभेच्छुकलाई धन्यवाद व्यक्त गरे । भित्तेपात्रो उपसमिति संयोजक केशव घिमिरेले भित्तेपात्रो प्रकाशनमा तस्बिर उपलब्ध गराउनेहरुलाई धन्यवाद दिए ।

Advertisement

समाजका सचिव हरिप्रसाद शर्माले कार्कीनेटालाई पर्यटकीय गन्तव्य बनाउनसमेत भित्तेपात्रोले सहयोग गर्ने अपेक्षा सुनाए । शर्माले भित्तेपात्रो प्रकाशनबाट समाजलाई करिब ७० हजार नाफा रहने समेत जानकारी गराए । सचिव हरिप्रसाद शर्माद्वारा सञ्चालित उक्त कार्यक्रम रामचन्द्र शर्मा (आरसी)को अध्यक्षतामा सम्पन्न भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया