विद्यार्थीलाई आत्मरक्षा तालिम

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका वडा नम्बर ६ को सहयोग तथा लेकसाइड तेक्वान्दो डोजाङको आयोजनामा विद्यार्थीका लागि आत्मरक्षा तालिम भएको छ । १ महिने तालिम समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी सांसद प्रभा कोइरालाले यस्ता तालिमले समाजमा किशोरीमाथि भइरहेको घटनालाई रोक्न मद्दत पुर्याउने बताइन् । यस्ता तालिम प्रदेशका हरेक टोलमा सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।
निःशुल्क तालिममा झण्डै ८० को हाराहारीमा सहभागी बनेकोे प्रशिक्षक प्रितम कुँवरले बताए । पोखराको तालबाराही मावि, पार्दी मावि र श्रीकृष्ण माविका विद्यार्थीलाई निशुल्क तालिम दिइएको हो । पाँचौ पटकसम्म निशुल्क तालिम दिएको भएपनि यसपालि पोखरा महानगरपालिका वडा नम्बर ६ ले सहयोग गरेको प्रशिक्षक कुँवरले बताए ।
पोखरा महानगरपालिका वडा नम्बर ६ की वडा सदस्य पुष्पा पहारीले वडाको सहयोगमा छात्राहरुका लागि आत्मरक्षा तालिम आयोजना गरेको बताइन् । ‘देशमा विभिन्न घटना घटेका कारण त्यसमा बालबालिकालाई सचेत गराउन र कसैले आक्रमण गर्न खोजे तत्कालै प्रतिकार गरी बँच्न सकुन् भन्ने लक्ष्यका साथ तालिम आयोजना गरिएको हो,’ पहारीकोे भनाइ थियो । तालिम मार्फत बच्चाहरुलाई आत्मरक्षा गर्ने कलासँगै आत्मबल बढ्ने उनको अपेक्षा छ । ‘घटना नघटुन्, बच्चाहरुलाई आक्रमण गर्न नसकुन् भनेर वडाले सर्पोट गरेको हो,’ उनले थपिन् ।
तालिममा सहभागी किशोरीले तालिम पश्चात आफूहरुमा आत्मबल बढेको प्रतिक्रिया दिए । तालिममा सहभागी अस्मिता दाहाल निशुल्क सिक्न पाउँदा खुसी लागेको बताइन् । ७ कक्षामा अध्ययनरत सिर्जना विष्ट तालिमले आत्मरक्षा गर्ने सिप प्रदान गर्नेमा आशावादी छन् । कक्षा ७ मा अध्ययनरत अस्मिता सुनार तालिम लिएपछि आफैलाई फाइदा हुने बताइन् । ५ कक्षामा अध्ययनरत अंकिता दाहाल र आकृति दाहाल पनि आत्मरक्षा तालिम गर्न पाएकोमा उत्साहित बनेको बताए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक प्रितम कुँवरले तालिम दिएका हुन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया