वालिङमा ३६ जनालाई सिलाइ मेसिन

समाधान संवाददाता २०७६ वैशाख १८ गते १२:२४

अर्जुन काफ्ले
स्याङ्जा

वालिङ नगरपालिका १४ बैरेरको दलित बस्तीमा सिलाई मेसिन वितरण वितरण गरिएको छ । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत ३६ जनालाई सिलाई मेसिन वितरण गरिएको हो । सिलाइ मेसिन वितरण कार्यक्रममा नगरप्रमुख दिलीपप्रताप खाँडले नगरपालिकाले दिने बजेटमा कुनै कञ्जुस्याइँ नहुने बताए । उनले बिना पूर्वाग्रह, बिना पक्षपात विकास निर्माण गर्नुपर्नेमा जोड दिए ।

नगरपालिकाले विनियोजन गरेको रकम सदुपयोग हुनुपर्ने बताउँदै नगर प्रमुख खाँणले योजना समयमा नसक्ने र गतिविधि अपारदर्शी देखिए सोही योजनामा रकम थप गर्न नसकिने चेतावनी दिए ।

Advertisement

उनले औद्योगिक क्षेत्र र कृषि क्याम्पस स्थापना गर्न पहल भइरहेकाले उपयुक्त हुने जग्गा व्यवस्थापनका लागि सहयोग गर्न पनि आग्रह गरे । सिलाई मेसिनको सदुपयोग गर्न आग्रह गर्दै नगर प्रमुख खाँणले भने, ‘सिकेको सीपलाई व्यवहारमा उतारी आर्थिक लाभ गर्नुहोस् ।’

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले आफूमा भएको सीपको सही सदुपयोग गरी समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् ।
नगरपालिकाले बिना विभेद न्याय संगत तबरबाट विकास निर्माणका योजनाहरु ल्याउने बताउँदै उनले अहिले छुटेका समुदायमा पनि यस प्रकारका कार्यक्रम ल्याइने उल्लेख गरिन् ।

Advertisement

कार्यक्रममा वालिङ १४ का वडा सदस्य गमप्रसाद लुईटेल, सूर्य खनाल, खेमबहादुर पराजुली, बोधराज कुँवर, गरिबसँग विश्वेश्वर कार्यक्रम मुल समिति अध्यक्ष रुपा डुम्रे लगायतले बोलेका थिए ।

यसैबीच नगरप्रमुख खाँडले सामुदायिक भवन शिलान्यास गरेका छन् । भवनका लागि १६ लाख ५४ हजार ९३७ खर्च लाग्नेछ । वालिङ नगरपालिकाबाट १५ लाख तथा जनसहभागिताबाट १ लाख ६५ हजार ४९३ गरी आगामी जेठ मसान्तसम्म भवन सक्ने लक्ष्य छ ।

तपाईको प्रतिक्रिया