आज देशभर बिजुलीको बिल तिर्ने काउन्टर बन्द

समाधान संवाददाता २०७६ वैशाख १९ गते ९:०८

समाधान सम्वाददाता

विद्युत प्राधिकरण ट्रेड युनियन चुनावको लागि भन्दै विद्युत प्राधिकरणका कर्मचारीले बिहीबार देशभरी नै आय संकलन काउन्टर बन्द गरेका छन् ।

महशुल तिर्ने काउन्टर बन्द हुँदा सेवाग्राही भने मर्कामा पर्ने भएका छन् । आधिकारिक ट्रेड युनियनको चुनावका कारण बिहीबार देशभरको कुनै पनि काउन्टरबाट विद्युत् महशुल तिर्न नसकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

तर अनलाइनबाट भने भुक्तानी गर्न सकिनेछ । चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया