राज्याभिषेकको तीन दिनअघि थाई नरेशले गरे आफ्नै अंगरक्षकसँग चौंथो बिहे

एजेन्सी
राज्याभिषेकको तीन दिनअघि थाई नरेश महाबजिरालोङकोरनले आफ्नै अगंरक्षकसँग तेस्रो बिहे गरेका छन् ।
६६ बर्षीय नरेशले ४० बर्षीया सुथिदासँग बुधबार बिहे गरेको थाई राजदरबारले जनाएको छ । सुथिदाले राजाको विशेष सुरक्षा दस्तामा रहेर लामो समयसम्म काम गरेकी छन् । शाही सुरक्षामा जोडिनु अघि उनी थाई एयरलाइन्समा परिचारिका थिइन् । त्यसैबेला थाई यूवराजले उनलाई भेटेको कतिपय सञ्चारमाध्यामले लेखेका छन् ।
थाई नरेश युवराजले नै उनलाई राजदरबारको सुरक्षा हेर्ने निकायमा राखेका थिए । युवराजको सुरक्षामा राम्रो काम गरेको भनेर उनले सन् २०१२मा पदक पाइन् । अहिले सम्म उनले छ वटा पदक पाइसकेकी छन्।
सन् २०१३ मा उनलाई मेजर जनरलमा पदोन्नती गरियो । आफू राजा भएपछि थाई नरेशले उनलाई फेरि पदोन्नती गरेर ‘फुल जनरल’ बनाएका थिए । अहिले सुथिदा राजाको सुरक्षा हेर्ने निकायको उपप्रमुख छिन् ।
बुवा भुमिवल अदुल्यादेजको तीन बर्षअघि मृत्यु भएदेखि थाई नरेशले गद्दी सम्हाल्दै आएका छन् । उनको राज्याभिषेक आउँने शनिबार हुँदैछ ।
नरेश र सुथिदाबीच प्रेम सम्बन्ध भएको थाई राजदरबारमा चर्चा चलेपनि त्यसबारे सार्वजनिकरुपमा टिकाटिप्पणी भएका थिएनन् ।
थाईल्याण्डमा राजपरिवारका सदस्यबारे प्रेसमा वा सार्वजनिक रुपमा टिप्पणी गरिँदैन । केही विदेशी संचारमाध्यमले भने यो प्रेमबारे लेखेका थिए ।
थाई नरेशले तेस्री श्रीमतीसँग पाँचबर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए ।उनीहरू बीच १३ बर्ष लामो वैवाहिक सम्बन्ध थियो ।
यो भन्दा पहिलेका तीन विवाहबाट उनका सात सन्तान छन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया