माटोको शहर लोमान्थाङमा वृक्षारोपण

सुन्दरकुमार थकाली
मुस्ताङ
माटोको शहर उपमा पाएको उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा बिहिबार बृक्षारोपण गरिएको छ । मे १ तारिख अर्थात १ सय ३०औं श्रमिक दिवसका अवसरमा लोमान्थाङ गाउँपालिका तथा एक्याप लोमान्थाङले संयुक्त रुपमा कार्यक्रम गरेको प्रमुख प्रशासकीय अधिकृत शुशिल अर्यालले जानकारी दिए ।
लोमान्थाङ गाउँपालिकाको प्रमुख पर्यटकीय केन्द्र समेत रहेको लोमान्थाङ बजार वरपर १ सय २५ बिभिन्न प्रकार बिरुवा रोपिएको प्रशासकीय अधिकृत अर्यालले बताए । गाउँपालिका अध्यक्ष सुवर्णकुमार बिष्टले बृक्षारोपण कार्यक्रमको सुरुआत गरेका थिए ।
अध्यक्ष बिष्टले उपल्लो मुस्ताङलाई स्वच्छ,सुन्दर र वातावररणमैत्री तुल्याउन बृक्षारोपण गरिएको खुलाए । उनले पठार गाउँपालिकालाई हरियाली बनाउने गाउँपालिकाको योजना रहेको उल्लेख गर्दै वातावरण, धामिर्क, सांस्कृति सम्पदालाई केन्द्रमा राखेर पर्यटन प्रर्वधनमा जोड दिनु पर्ने बताए ।

एक्याप जोमसोमका प्रमुख तलसी दाहालल एक्यापले संम्पदा संरक्षणमा योगदान दिदैआईरहेको बताए । उनले प्राकृतिक सौन्दर्यता र वातावरण सन्तुलित राख्न सके मानव स्वास्थ्य तथा पर्यटकीय क्षेत्रको सुन्दरतामा योगदान पुग्ने जनाए ।
वृक्षारोपणमा लोमान्थाङ गाउँपालिका, एक्याप,युवाक्लव, आमा समुह, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको जनाईएको छ ।








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया