म्याग्दीमा माटोको ढिस्कोले पुरिएर १ मजदूरको मृत्यु

समाधान संवाददाता २०७६ वैशाख १९ गते ११:३०

समाधान संवाददाता
म्याग्दी

माटोको ढिस्कोले पुरिएर १ जना मजदुरको ज्यान गएको छ । बेनी नगरपालिका ६ चुत्रेनीमा ग्याबिन पर्खाल निर्माणको काममा परिचालन भएका बर्दिया नगरपालिका ४ ठाकुरद्वारका ३५ वर्षीय कालुराम थारुको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

परीक्षणका लागि बेनी अस्पतालमा राखिएको थारुको शव आफन्तको जिम्मा लगाइने प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । उनका अनुसार बेनी–दरवाङ सडक स्तरोन्नति आयोजना अन्तर्गत ग्याबिन पर्खाल निर्माणका क्रममा माथिबाट खसेको ढिस्काले पुरिएको थारुको शव एक्साभेटर र प्रहरी परिचालन गरी निकालिएको मरासिनीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया