श्रमिक स्कुलमा श्रमिककै छोराछोरी धेरै

राजन उपाध्याय
दुलेगौंडा
शुक्लागण्डकी नगरपालिका २, नर्सरीस्थित श्रमिक आधारभूत विद्यालयमा अधिकांश विद्यार्थी श्रमिकका छोराछोरी छन् । विभिन्न जिल्लाबाट कामका सिलसिलामा आएका अभिभावकले श्रमिकमा छोराछोरीलाई पढाउएका छन् ।
१३० औं श्रमिक दिवसकै अवसरमा बुधबार भएको वार्षिकोत्सव कार्यक्रममा काम छोडेर अधिकांश अभिभावक सहभागी भए । काठमाडौं महानगरपालिका ८, सीतापाइलाका वसन्त श्रेष्ठ ३ वर्षदेखि घर बनाउने काम गरिरहेका छन् । घर ठेक्कामा काम गर्ने उनले छोरालाई यही विद्यालयमा पढाएका छन् ।
काम पाइने क्षेत्र पनि कोत्रे, नर्सरी भएकाले यहीँ नै आएर बस्यौं, उनले भने, ‘छोरोलाई पढाउन पनि नजिक भयो, यसमै पढ्दै आएको छ ।’ उनको छोरा कक्षा ७ मा अध्ययनरत छन् ।
रुकुमकी करिश्मा बुढामगरले २ छोरी, २ नन्द र १ बहिनीलाई श्रमिकमै पढाउँछिन् । काम खोज्दै ८ वर्षअघि नर्सरी आएकी उनले सेतीनदीबाट बालुवा निकालेर गुजारा चलाउँछिन् । बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म खट्दा ७÷८ सय रुपैया कमाइ हुने उनले सुनाइन् । नगरले वर्षमा ३ महिना घाट बन्द गर्दछ । ‘५ जनालाई पढाउन बोर्डिङमा के सकिन्थ्यो र,’ उनले भनिन्, ‘आउन जान पनि नजिकै हुने अनि पैसा पनि नलाग्ने । यही स्कुलमा पढ्छन् ।’ करिश्मका श्रीमान् चालकको काम गर्छन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले श्रमिका सन्तान अध्ययन गर्ने विद्यालयलाई आगामी वर्ष नमुना विद्यालयको रुपमा अगाडि बढाउने बताए । कोत्रेमा नदीजन्य पदार्थ उत्खनन गर्ने तथा यसैसँग सम्बन्धित उद्योग छन् । यस क्षेत्रमा १२ वटा क्रसर र करिब ७० ब्लक उद्योग छन् ।
२०५५ सालमा स्थापित उक्त विद्यालयमा हाल ६४ जना विद्यार्थी छन् । कक्षा ७ सम्म पढाइ भइरहेको विद्यालयमा आगामी शैक्षिक सत्रदेखि कक्षा ८ पनि सञ्चालन गर्ने बताइएको छ । प्रधानाध्यापक केशवराज पौडेलले भने, ‘यहाँ काम पाउँदा विद्यार्थी भर्ना गर्न आउँछन्,’ उनले भने, ‘काम नहँुदा लिएर जान्छन्, विद्यार्थी कम हुन्छन् ।’ शैक्षिक सत्रको बीचमै २०–२५ विद्यार्थीले कक्षा छोड्ने गरेका छन् ।







फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
म्याग्दीको सौगातः टिमुरका परिकार
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया