समानान्तर पार्टीकाे कार्यालय तोडफोड

कृष्ण न्यौपाने
दमौली
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी निकट समूहले स्थापना गरेको नेपाली कांग्रेसको पार्टी कार्यालय तोडफोड भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताले तनहुँको व्यास नगरपालिका २ स्थित मालपोत लाइनमा रहेको जोशी निकटको पार्टी कार्यालय बुधबार तोडफोड गरेका हुन् ।
अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले आयोजना गरेको र्यालीमा सहभागी कांग्रेस कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड च्यातेका हुन् । जोशी निकट कांग्रेस तनहुँका प्रवक्ता हरिशरण पण्डितले कायरतापूर्वक पार्टीको बोर्ड च्यातिएको प्रतिक्रिया दिए ।
उनले पार्टी कार्यालय तोडफोड गर्नु आपराधिक काम भएको भन्दै दोषीलाई कारबाहीको माग गरे । उनले भने, ‘आफैंले मान्दै आएको श्रद्धेय नेताको तस्बिर र चुनाव चिन्ह भएको बोर्ड च्यातेर राम्रो काम गरेनन् ।’
नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल र पूर्व सहमहामन्त्री जोशीबीचको टकरावले तनहुँमा समानान्तर पार्टी समिति गठन भएको छ । गत माघ ८ गते जोशी पक्षले विशेष अधिवेशन भन्दै समानान्तर समिति गठन गरेका थिए ।
गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका जोशीको उम्मेदवारी पौडेलको निवेदनका आधारमा खारेज भएपछि जोशी पौडेलविरुद्ध आक्रामक बन्दै आएका छन् । उम्मेदवारी खारेज भएसँगै विपक्षीलाई जिताउन खुलेर लागेको आरोप जोशीविरुद्ध लागेको थियो ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया