प्रेस स्वतन्त्रता खोज्दै पत्रकार सडकमा

समाधान संवाददाता, पोखरा
नेपाल पत्रकार महासंघको आह्वान तथा महासंघ गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै र्याली निकालिएको छ । पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको र्याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो ।
र्यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा गिरफ्तार पत्रकारको रिहाइ र प्रेस स्वतन्त्रताको रक्षा गरिनुपर्ने माग गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारलाई मात्र नभइ सबै जनताको लागि आवश्यक रहेको बताए ।
वर्तमान संविधानको प्रश्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग पत्रकारको मात्र होइन सबै जनताको हो, प्रेस स्वतन्त्र नभएसम्म जनताको अभिव्यक्ति स्वतन्त्रता पनि हुँदैन, यसमा सरकारले दायाँबायाँ गर्न पाउँदैन ।’ महासचिव गणेश पौडेलले सरकारले पत्रकारलाई निर्धक्क भएर समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन माग गरे ।









पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया