प्रेस स्वतन्त्रता खोज्दै पत्रकार सडकमा

समाधान संवाददाता २०७६ वैशाख १९ गते ११:५७
j}zfv !* P]Soaåtf ¥ofnLdf ;xefUl ;~rf/sdL{ g]kfn kqsf/ dxf;+3sf] cfXjfgdf dxf;+3 u08sL k|b]zsf] cfof]hgfdf a'waf/ kf]v/fdf k|]; tyf cleJolQm :jtGqtf nflu lgsflnPsf] P]Soaåtf ¥ofnLdf ;xefuL ;~rf/sdL{ . t:jL/M s[i0f bjf8L,/f;;,sf:sL

समाधान संवाददाता, पोखरा

नेपाल पत्रकार महासंघको आह्वान तथा महासंघ गण्डकी प्रदेशको आयोजनामा बुधबार पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै र्‍याली निकालिएको छ । पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको र्‍याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो ।

र्‍यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा गिरफ्तार पत्रकारको रिहाइ र प्रेस स्वतन्त्रताको रक्षा गरिनुपर्ने माग गरे ।

Advertisement

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारलाई मात्र नभइ सबै जनताको लागि आवश्यक रहेको बताए ।

वर्तमान संविधानको प्रश्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग पत्रकारको मात्र होइन सबै जनताको हो, प्रेस स्वतन्त्र नभएसम्म जनताको अभिव्यक्ति स्वतन्त्रता पनि हुँदैन, यसमा सरकारले दायाँबायाँ गर्न पाउँदैन ।’ महासचिव गणेश पौडेलले सरकारले पत्रकारलाई निर्धक्क भएर समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन माग गरे ।

Advertisement

तपाईको प्रतिक्रिया