नेपालमै पहिलोपटक बर्डफ्लुबाट युवकको मृत्यु

समाधान संवाददाता २०७६ वैशाख १९ गते १३:५१

समाधान संवाददाता, काठमाडाैं

काभ्रेका एक युवकको बर्डफ्लुका कारण मृत्यु भएको पुष्टि भएको छ ।

‘एच फाइभ एनवान’ का कारण काभ्रेका २१ वर्षीय युवकको मृत्यु भएको हो ।

Advertisement

चैत १५ गते ती युवकको मृत्यु भए पनि उनलाई के रोग लागेको भन्ने खुलेको थिएन । खोकी, स्वासप्रश्वासलगायत समस्याबाट पीडित युवकको उपचारकै क्रममा मृत्यु भएको थियो ।

बिरामी युवकको र्‍याल परीक्षणका लागि जापान पठाएको र बर्डफ्लुकै कारण उनको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

ती युवकको मन्त्रालयले पहिचान भने खुलाएको छैन । ‘एचफाइभ एनवानबाट नेपालमै पहिलोपटक मानिसको मृत्यु भयो,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

तपाईको प्रतिक्रिया