केटी जिस्काएको निहुँमा पालुङ्टारमा दुई पक्षबिच कुटाकुट, एकको मृत्यु

मोहसिन अलि मियाँ, गाेरखा
केटी जिस्काएको निहुँमा पलुङ्टारमा दुई पक्ष बिच कुटाकुट भएको छ । लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका९४ कुमाल गाउँका माइती पक्षबीच केटी जिस्काएको विषयमा विवाद भएपछि कुटाकुट हुदा एक जनाको ज्यान गएको हो ।
कुटपिटबाट गम्भिर घाइते भएका अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । कुमाल पालुङ्टारमा जन्ती आएका थिए ।
बुधबार बेहुली लिएर र्फकँदा वेहुली पक्षका करिब १७–१८ जना युवाहरुले जन्तीपक्षलाई गाडी रोकेर आक्रमण गरेका थिए । घटनामा संलग्न भएको आशंकामा पालुङ्टारका केहि युवालाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय पालुङ्टारमा राखेको जनाएको छ ।
बिहिबार कुमालको ज्यान गएपछि लमजुङ अल्काटारका झण्डै ८०र९० जनाको समुहमा युवाहरु पालुंटारमा भेला भएको स्थानीयको भनाई छ ।
उनिहरुले प्रहरी चौकी घेरा हाल्ने र तोडफोड गर्ने प्रयास गरेपछि केहि राउण्ड अश्रुल ग्याँस समेत प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले बताए । थप घटना हुन नदिन अहिले पालुंटारमा थप प्रहरी समेत परिचालन गरिएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको एसपी रावलको भनाई छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया