मध्यरातदेखि पेट्रोलमा डेढ रुपैयाँ भाउ बढ्यो

समाधान संवाददाता २०७६ वैशाख २० गते ८:१८

समाधान सम्वाददाता

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ बढाएको हो।

Advertisement

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल लिटरको १ सय ११ रुपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै, डिजेल र मट्टितेल अब लिटरको ९८ रुपैयाँ पर्नेछ।

Advertisement

तपाईको प्रतिक्रिया