पूर्वी क्षेत्रमा शुक्रबार र शनिबार हेलिकोप्टर उडान नगर्न गृह मन्त्रालयकाे आदेश
समाधान संवाददाता
२०७६ वैशाख २० गते १४:१०

समाधान संवाददाता, काठमाडाैं
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (एनइओसी) ले देशका पूर्वी भागमा शुक्रबार र शनिबार हेलिकोप्टर उडान नगर्न आग्रह गरेको छ ।
मौसम बदली हुँदा हिमाली भेगमा हिमपात हुनसक्ने र भारतमा आएको फानी आँधीको प्रभाव पनि पर्न सक्ने भएकोले शनिबारसम्म हेलिकोप्टर उडान नगर्न आग्रह गरेको हो ।
‘पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने हुँदा सो क्षेत्रमा अहिले देखि भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्नु/ नगराउनुहुन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहनु हुन अनुरोध छ,’ केन्द्रले भनेको छ।
साथै मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि शनिबारसम्म घामपानी भइराख्ने जनाएको छ । हावाहुरी, मेघ गर्जनसहित पानी पर्ने र आइतबारदेखि पूर्णरुपमा मौसममा सुधार आउने महाशाखाको भनाइ छ ।
तपाईको प्रतिक्रिया