मोटरसाइकल झाँडीमा लुकाएर फरार चालक प्रहरीको फन्दामा

समाधान संवाददाता २०७६ वैशाख २१ गते १७:३५

सुरेशराज अधिकारी

पोखरा महानगरपालिका २१ का सन्दीप भुजेलले चलाएको ग ७ प ४६२७ नम्बरको मोटरसाइकलले पोखरा १७ बालोदय स्कुल अगाडि बिहान १ वृद्धालाई ठक्कर दियो । मोटरसाइकलको ठक्करबाट स्थानीय ८० वर्षीय मंगली रानाभाट गम्भीर घाइते भएकी हुन् ।

उनलाई गण्डकी मेडिकल कलेजको भेन्ट्रिलेटर कक्षमा उपचार गरेको प्रहरीले जानकारी दिएको छ । उनको खुट्टा र शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । यता मोटरसाइकलले ठक्कर दिएर भागेका भुजेललाई भने प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

दुर्घटना भए लगत्तै फरार भुजेलले उक्त मोटरसाइकल प्रहरीले सुइकोसमेत नपाओस् भनेर झाडीमा लुकाएर राखेको अवस्थामा प्रहरीले मोटरसाइकल फेलापरेको हो । प्रहरीले भुजेललाई शनिबार दिउँसो पक्राउ गरेको हो । भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल वडा प्रहरी कार्यालय बैदामले आफ्नो नियन्त्रणमा राखेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया