सरकारकाे समृद्धि अभियानमा मिडियाको हात

समाधान संवाददाता २०७६ वैशाख २२ गते १२:३६

समाधान संवाददाता, लमजुङ

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सरकारको समृद्धि अभियान पूरा गराउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । २६ औं विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘समृद्ध र जवाफदेही स्थानीय तहका लागि मिडियाको भूमिका’ विषयक अन्तक्र्रियामा नगरप्रमुख अर्यालले प्रेस स्वतन्त्रतासँगै स्वतन्त्र र निष्पक्ष कलम पत्रकारले चलाउनु पर्नेमा जोड दिए ।

उनले पत्रकारले सत्य तथ्यमा आधारित आलोचनात्मक हिसाबले समाचार सम्प्रेषण गरिनुपर्नेमा जोड दिँदै राम्रा र नराम्रा विषयलाई निष्पक्ष ढंगले कलम चलाउनुपर्नेमा जोड दिए । कार्यक्रममा उपप्रमुख लक्ष्मी अधिकारी, जिल्ला समन्वय अधिकारी फणिन्द्र दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, बार इकाइका अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेपाली कांग्रेसका सचिव हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष गुणराज सिलुवाल लगायतले कलमको हतियार अत्यन्तै बलियो हुने भन्दै सत्य तथ्यमा आधारित कलम चलाउन आग्रह गरेका थिए ।

Advertisement

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान नेपाली, गण्डकी प्रदेश सदस्य कमला केसी, नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष कृष्ण केसी, नवराज पहाडी लगायतले समाचार लेखेकै भरमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाले प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने बताए । उनीहरुले कानुन संशोधन गर्नुपर्नेमा जोड दिँदै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्ने माग गरेका थिए ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङको अध्यक्षतामा भएका कार्यक्रममा उपाध्यक्ष विमला अधिकारीले स्वागत गरेकी थिइन् । ‘लोकतन्त्र र शान्तिका लागि मिडिया, इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित दिवस मनाइएको शान्ता कमलीले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया